सिरहामा अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित दुई जना पक्राउ

सिरहामा अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित दुई जना पक्राउ

लहान । अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो ।

भारतीय बजार लदनियाबाट स ६ प ६४७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा ३५० प्याकेट नागीन पटाका बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्