आजदेखि देशका विभिन्न भागमा मौसममा केही सुधार, मोरङका नदीमा भने बहाव बढ्ने संकेत

आजदेखि देशका विभिन्न भागमा मौसममा केही सुधार, मोरङका नदीमा भने बहाव बढ्ने संकेत

काठमाडौं । आजदेखि देशका विभिन्न भागमा मौसममा केही सुधार देखिए पनि कतिपय स्थानमा भने अझै सामान्य बदलीको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका कतिपय स्थानमा आउँदो बुधबारसम्म नै सामान्य बदली हुन सक्ने जनाएको छ । आगामी २४ घण्टामा कतिपय स्थानमा मेघ गर्जन र चट्याङको समेत खतरा भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आजदेखि कन्काई, कोशी बाहेक देशका अन्य नदीहरु कमला, बाग्मति, नारायणी, पश्चिम राप्ती, बबई,कर्णाली र महाकालीमा बहाव निरन्तर घट्ने जनाएको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र आसपास भई बग्ने मेची, बिरिङ, निन्दा, मावा, रतुवा, लोहन्द्रा, चिसाङखोला, त्रियुगा, माउली र साना नदीमा भने  बहाव बढ्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्