इनरुवामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा, हलको दर्शक क्षमता १ सय ४८

इनरुवामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा, हलको दर्शक क्षमता १ सय ४८

इनरुवा , असोज १३ । इनरुवामा ‘सीबी सिनेमा हल’ सञ्चालनमा आएको छ । फुल ‘एसी’ सहित फोल्डिङ सिट रहेको ‘डिजिटल हल’ आजबाट सञ्चालनमा ल्याइएको हो ।

दर्शक अभावमा एकपछि अर्को हल बन्द हुँदै गर्दा इनरुवामा भने नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल सञ्चालनमा ल्याएका हुन् ।

१ करोड ३० लाख लागतमा संचालनमा ल्याइएको हलको दर्शक क्षमता १ सय ४८ रहेको छ । हलमा २ वटा फेमिली बक्स राखिएको छ । अग्रिम टिकट बुकिङ गर्न सक्ने व्यवस्था समेत मिलाइएको संचालक बस्नेतले बताए ।

सिनेमाकालगि टिकट दर भने दुई थरी कायम गरिएको छ । ठूलो बजेटको फिल्मको हकमा २ सयको टिकट लाग्ने छ । अन्य फिल्मको हकमा १ सय ५० र १ सय २५ रुपैयाको टिकट निर्धारण गरिएको सीबी सिनेमा इनरुवाले जनाएको छ । हलमा क्याफे समेत संचालनमा ल्याइएको छ ।

फिल्म हेर्न जाने दर्शकले बाहिरबाट कुनै सामान भने लिएर हल भित्र प्रवेश गर्न पाउने छैनन् । भरपर्दो सुरक्षा बन्दोवस्ती सहित संचालनमा ल्याइएको आधुनिक र सुविधा सम्पन्न थ्रीडी सिनेमा हल सदरमुकाम इनरुवा सहित आसपासको क्षेत्रका फिल्म पारखीकालागि मनोरञ्जन दिलाउने प्रमुख थलो बन्ने संचालक बस्नेतको विश्वास छ ।

बस्नेत नेपाली चलचित्र क्षेत्रका पुराना र नाम कहलिएका निर्माता मानिन्छन् । बस्नेतले चण्डाल, चोट, चलचित्र, चाहन्छु म तिमिलाई, चमत्कार, युद्ध, लडाई, सन्तान थरी थरीका भाईभाई लगायतका २८ चलचित्र निर्माण गरेका छन् ।

बस्नेत नेपाली चलचित्र क्षेत्रका पुराना र नाम कहलिएका निर्माता मानिन्छन् । बस्नेतले चण्डाल, चोट, चलचित्र, चाहन्छु म तिमिलाई, चमत्कार, युद्ध, लडाई, सन्तान थरी थरीका भाइभाई लगायतका २८ चलचित्र निर्माण गरेका छन् ।

उनले ५२ वटा चलचित्रमा खलनायकको भूमिका समेत निर्वाह गरेका छन् । पछिल्लो सयम उनी व्यवसायसँगै राजनीतिमा सकृय छन्। -न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्