विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार

<span class='c1'>विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई </span> <span class='c2'>जनार्दन मैनाली पत्रकारिता पुरस्कार</span>

विराटनगर । यस बर्षको स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस संगठन मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित गरिएको हो । भट्टराईलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पुरस्कार वितरण पछि मन्त्री पण्डितले पत्रकारीता सम्मानित पेशा भएपनि जोखिमको पेशा भएको स्मरण गर्दै उनले पत्रकार उत्तरदायी हुनु पर्ने बताए । उनले जनउत्तरदायि भएर सत्य तथ्यमा रहेर पत्रकारीता गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य लिलाराज भट्टराईले महिला पत्रकार न्यून रहेको जानकारी गराउँदै आगामी दिनमा महिला पत्रकारलाई प्रोत्साहन गर्दै जानु पर्ने उल्लेख गरे । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेललगायतले पत्रकारिता क्षेत्रको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्