चाडवाडमा हुने अप्रिय घटना रोक्न प्रदेश १ मा प्रहरीले ल्यायो नयाँ अभियान

<span class='c1'>चाडवाडमा हुने अप्रिय घटना रोक्न  प्रदेश</span> <span class='c2'>१ मा प्रहरीले ल्यायो नयाँ अभियान</span>

विराटनगर। नजिकिदो चाडपर्वलाई लिएर प्रदेश-१ प्रहरीले सुरक्षा योजना अघि सारेको छ। विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको जनाएको छ।

प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार यसबीच प्रहरीले मातहतका १४ जिल्लाहरुमा अनुगमन तथा सुपरिवेक्षण गर्ने छ। प्रवक्ता कोइरालाले चाडवाडमा अप्रिय घटना नहोस भन्नका लागि १४ जिल्लामा जनपथ प्रहरीतर्फ ७ हजार ७ सय ७१ जना खटिने जानकारी दिए।

उनले भने, २४ घण्टा राजमार्गमा विशेष चेकिङका लागि २ सय ५९, कार्यालय सुरक्षामा १ हजार १ सय ३२, मोबाईल गस्तीमा ५ सय ९ जना खटिनेछन्। त्यसैगरी, सडक दुर्घटनातर्फ लक्षित हुदै प्रहरीले राजमार्ग स्र्कटिङतर्फ १ सय ६७, ट्राफिकसहितको संयुक्त चेकिङमा ४ सय ९८ र हतियारसहित लोकमार्गमा क्रस पेट्रोलिङमा १ सय ५ जना प्रहरी खटिनेछन्।

त्यसैगरि, दंगा नियन्त्रणतर्फ १ सय ६२ जनालाई खटाइएको जनाइएको छ। प्रवक्ता कोइरालाका अनुसार ट्राफिकतर्फ १४ जिल्लामा ३ सय ७ जना खटिनेछन्। त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चाडवाडको अवसरमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले १४ जिल्लाका विभिन्न बसपार्कहरुमा अभियानका रुपमा सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामनासहित कार्यक्रम सञ्चालन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्