पर्यटन र कृषिको गन्तब्य हो ईलाम : नेम्वाङ

पर्यटन र कृषिको गन्तब्य हो ईलाम  : नेम्वाङ

ईलाम । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनताले दशकौँदेखि जारी गर्न खोजेको र जनताबाटै जारी भएको संविधान कार्यान्वयन गर्न सवै जनताको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति इलामको तेस्रो जिल्ला सभालाई उद्घाटन पछि सम्वोधन गदै उहाँले यस्तो वताउनु भएको हो । उहाँले जनताको शक्ति बलियो भएर नै संधिानसभाबाट संविधान जारी भएको बताउनुभयो । सात सालदेखिको जनताको चाहाना र भावनालाई समेटेर दुईचोटी लगाएर भएपनि जारी गरिएको संविधान जनताको मन जितेर बनाइएकाले पनि राजनितिक परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने उहाँको भनाई छ । नेम्बाङले पर्यटकीय र कृषि उत्पादनको दृष्टिकोणले अन्य जिल्लाभन्दा इलाममा बढी सम्भावना रहेको बताउनुभयो । उहाँले विकास कार्यका लागि पनि अग्रणी भूमिका निर्वाह गरिरहेको इलामको थप विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । चीनको जस्तो विकास हुन आवश्यक रहेको भन्दै उहाँले वढी विकास भएको स्थानीय तहले कम विकास भएका स्थानीय तहलाई सहयोग गर्नु पर्ने वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्