विराटनगरमा औषधि ब्यवसायी संघको शुभकामना आदान प्रदान

विराटनगरमा औषधि ब्यवसायी संघको शुभकामना आदान प्रदान

विराटनगर । नेपाल औषधी संचालक संघ , केन्द्रिय तदर्थ समिति विराटनगरले नजिकिंदै गरेको वडा दशैं , दिपावली , नयाँ नेपाल संवत र छठ पर्वको अवसरमा आइतवार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
विराटनगर स्थित विग होटलमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा संघले प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकालाई सम्मान समेत गरेको छ । समाजसेवी एवं न्यूरो सर्जन डा. रोकालाई संघका संयोजक देशबन्धु ढकाल , सचिव महेश मण्डल, कोषाध्यक्ष प्रविन प्रधान, सत्यम नेपाली लगायतले खादा लगाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगति हटाउन , व्यवसायीको हक हित र व्यवसायको गरिमा बढाउन फुटेर नभई सबै औषधी व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
उनिहरुले वडा दशैं, शुभदिपावली, छठ र नयाँ नेपाल संम्वतको एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा. वाई बी रोकाले औषधी व्यवसायी मात्रै नभएर औषधी व्यवसायी, ल्याव व्यवसायी र चिकित्सकहरु समन्वय, सहकार्य र एकतावद्ध भई स्वास्थ्य पेशाकै गरिमा र मर्यादा कायम राख्न र बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले हातका औंला जस्तो रहेका हामी एउटा नभए अर्कोपनि शक्ति विहिन हुने भएकोले एकजुट भएर यस भित्र रहेका विसंगतिहरुलाई समाप्त पार्दै व्यवसायी हितमा लाग्नुपर्ने बताए ।
त्यस्तै नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य लक्ष्मी तिम्सीनाले औषधी व्यवसाय संवेदनशिल पेशा भएकोले यसमा अस्वस्थ प्रतिपष्र्धा नगरी स्वस्थ्य व्यवसायीक प्रतिष्पर्धा गर्दै व्यवसायको गरिमा बढाउनु पर्नेमा जोड दिए । उनले फुटेर र अस्वस्थ प्रतिष्पर्धा गरेर व्यवसाय गर्दा व्यवसाय नै धरासयी हुने भएकोले सबै व्यवसायीहरु एकजुट भई हामी विचमा रहेका विकृति विसंगतिलाई निरुत्साहित पार्न लाग्नुपर्ने बताए । उनले आसन्न संघको मोरङ जिल्ला समितिको निर्वाचनबाट सबै व्यवसायी एक भएर यस व्यवसायलाई स्वच्छ , मर्यादित बनाउने तर्फ लाग्नेमा आफु विश्वस्थ रहेको बताए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी अंञ्चलका महासचिव हरिमोहन श्रेष्ठले सबै औषधी व्यवसायीहरु एकताबद्ध भई यस पेशाको गरिमालाई उचाईमा पु¥याउन लाग्नुपर्ने बताए । संघका संयोजक देशबन्धु ढकालले नेपाल औषधी संचालक संघ(एनएमडिए) औषधी व्यवसायीहरुको हकहितकालागि, व्यवसायीहरुलाई परेको समस्यामा हातेमालो गरेर हिंड्न र यस पेशामा रहेका विकृति र विसंगतिहरुलाई समाप्त पार्दै मर्यादित बनाउन स्थापना भएकोले कुनैपनि संघ संस्थाको प्रतिष्पर्धि नभएको स्पष्ट पारेका थिए । उनले यस व्यवसायमा रहेका विकृति र विसंगतिलाई समाप्त पार्दै मर्यादित र स्वच्छ प्रतिष्पर्धात्मक व्यवसाय गर्ने वातावरण तयार पार्न र यस पेशाको गरिमा उचाईमा पु¥याउन नेपाल औषधी संचालक संघ सदैव लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्