मानिस मार्ने हात्ती किन अटेरी हुँदै छन् ?

<span class='c1'>मानिस मार्ने हात्ती किन</span> <span class='c2'>अटेरी हुँदै छन् ?</span>

‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर तारबार नाघेर धानबालीमा पस्यो,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘ट्र्याक्टरलाईसमेत नटेरी उफ्रियो।’

धेरैबेर लगाएर जसोतसो नियन्त्रणमा लिएर आरक्षको हात्तीसारमा लगेर बाँधियो। अनि त्यहाँ रहेको ढोईसँग समागम गर्न दिइयो। ‘त्यसपछि मात्र बल्ल मत्ता शान्त भयो,’ उनले बताए।

गाउँ पसेका हात्ती खेद्न आजकल ट्र्याक्टर प्रयोग गरिन्छ। पहिले नाङ्लो ठटाउँदा हात्ती भाग्थ्यो। ‘तर आजकल ट्र्याक्टरलाई पनि टेर्दैन, डोजर नै देखाउनुपर्छ,’ आरक्ष नजिकैको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी भन्छन्, ‘हात्ती अटेरी बन्दै गएका छन्।’

कोसीटप्पुचरा र अर्नाका लागि नेपालमै विशेष आरक्ष मानिन्छ। तर हात्तीले बस्तीमा पसेर मानिस मार्ने क्रम बढेको छ। अन्सारीका अनुसार पछिल्लो दुई वर्षमा कोसी गाउँपालिकाका १३ जनालाई आरक्षबाट निस्किएका जंगली जनावरले मारेका छन्।

मारिनेमध्ये मध्यवर्ती क्षेत्रका परिवारले मात्र सरकारबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्, अन्नबालीको क्षतिपूर्ति पनि दिइन्छ। बाहिरकाले त्यो पनि पाउँदैनन्। यससम्बन्धी विस्तृत खबर हिमाल दाहाल/ अन्नपूर्ण पाेष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्