बिराटनगरमा प्रदेश नम्बर १ प्रहरी कार्यालयको रक्तदान कार्यक्रम सम्पन्न

बिराटनगरमा प्रदेश नम्बर १ प्रहरी कार्यालयको रक्तदान कार्यक्रम सम्पन्न

बिराटनगर, असोज १४ गते ।

६४ औ प्रहरी दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १०८ प्रिन्ट रगत संकलन भएको छ ।

उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक पुरोषोत्तम कडेल, अन्य प्रहरी अधिकृत तथा जवानहरु र प्रशिक्षार्थी प्रहरी जवानहरुले रक्तदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्