बेलबारी गोल्डकप : धरानलाई पराजित गर्दै सिलिगुडीलाई उपाधि

बेलबारी गोल्डकप : धरानलाई पराजित गर्दै सिलिगुडीलाई उपाधि

विराटनगर, १४ असोज । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार जित निकालेको सिलगुडिले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । घरेलु मैदानमा निराश बनेर उपविजेतामा खुम्चिएको धरानले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
सेमिफाइनलमा मदन भण्डारी स्र्पोट्स एकेडेमीलाई पराजित गरेर धरान र एपीएफलाई पराजित गर्दै सिलिगुडी फाइनल पुगेका टिम हुन् । मध्यान्तर अघिसम्म समान प्रदर्शन गरे पनि मध्यान्तरपछि धरानको प्रदर्शन फितलो रह्यो । खेलाडीबीच आपसी तालमेल मिल्न नसक्दा र फिनिसिङ कमजोर हुँदा उपबिजेतामा जित बुझायो । स्ट्राईकर भरत खवास र कर्ण लिम्बू जम्न नसक्नु धरानका लागि दुर्भाग्यपूर्ण बन्यो ।
डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाप्त गरे । सर्वाधिक गोलकर्ता बनेका उनले प्रतियोगिताको अबधिमा ३ गोल गरे । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरुले जनही सात हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल गत शनिबार हुने तय गरिएको भए पनि वर्षाका कारण मंगलबारलाई सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्