विराटनगरमा मोरङ ब्यापार संघको शुभकामना, मुख्यमन्त्रीले भने ‘चापर्वले अनेकतामा एकता ल्याएको छ’

विराटनगरमा मोरङ ब्यापार संघको शुभकामना, मुख्यमन्त्रीले भने ‘चापर्वले अनेकतामा एकता ल्याएको छ’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध राष्ट्र निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आज  आयोजित बडादशैँ, दीपावली र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वले अनेकतामा एकता ल्याएको बताए । मुख्यमन्त्री राईले देश क्रमशः शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढेको भन्दै सुशासन, विकास र राजनीतिक स्थिरता कायम गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।

निजी क्षेत्रको लगानी बढाउन प्रदेश सरकारले प्रदेशभर सार्वजनिक जग्गाको खोजी गरिरहेको उनले बताए ।“सार्वजनिक जग्गाको उपयोग गर्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाएर उद्योग स्थापनामा जोड दिँदै आएको छ”, उनले भने ।मुख्यमन्त्री राईले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने वातावरण बनाउन प्रतिबद्धता व्यक्त गरे । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले चाडपर्वले उद्योगी एवम् व्यापारीको ऊर्जा बढाउन प्रेरणा मिलोस् भनी शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्