विराटनगरमा माघ २७ देखि विराट एक्स्पो अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

<span class='c1'>विराटनगरमा माघ २७ देखि विराट एक्स्पो</span> <span class='c2'>अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने</span>

विराटनगर । विराटनगरमा माघ २७ देखि फागुन ४ गतेसम्म विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुने महोत्सवलाई विराटनगर महानगरपालिका र नेपाल पर्यटन बोर्डले सह आयोजकको रुपमा साथ दिनेछन् । औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्ष्ँेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादनमा जोड, कृषि उद्योगसँग जोड्ने काम, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ता वीचको सम्वन्ध विस्तार, सम्भावित वजारको पहिचान, लाभका क्षेत्र पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकहरु वीच स्वस्थ्य प्रतिष्पर्धा, लगानी मैत्री वातावरण निर्माणमा सहयोग पुर्याउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आज उद्योग संगठन मोरङले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि विराट एक्स्पोको बारेमा जानकारी गराएको हो ।
विश्वव्यापी र क्ष्ँेत्रीय अवधारणाबाट औद्योगिक क्ष्ँेत्रमा पर्ने असर र लाभका क्ष्ँेत्रको पहिचानका साथै शिक्ष्ाँ, स्वास्थ्य क्ष्ँेत्रको गतिविधि वारे जानकारी दिने प्रमुख उद्देश्यका साथ पौराणीक एवं औद्योगिक नगरी तथा प्रदेश नं. १ को राजधानी विराटनगरमा मेला आयोजना गर्न लागिएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
एक्स्पोमा औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि, जडिबुटि उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामाग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एबं वैंक तथा वित्तिय क्ष्ँेत्रका सेवा वारे जानकारी प्रदर्शनीमा राखिने घिमिरेले बताए ।
मेलाको आकर्षकको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, वाल उद्यान, खानाको विभिन्न परिकार, सूचना प्रविधिको क्ष्ँेत्रमा भएका नया“ उपलब्धिहरुको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुहरुको अलग अलग पेभेलियन प्रदर्शनीको प्रमुख आकर्षण हुने मेला आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
विराट एक्स्पोबाट औद्योगिक वस्तुको वजार प्रवद्र्धन, औद्यौगिक क्षेत्रको सूचना प्रवाह, नया“ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कषिको व्यवसायीकरण, पर्यटन प्रबद्र्धन, उत्पादक र उपभोक्ता बीचको सम्वन्ध बिस्तार, उपभोक्ताहरु बीच सचेतनाका साथै उपभोक्ताको चाहना र रुची वारे जानकारी लिई नया“ वस्तु विकास गर्ने अवसरका लागि सहयोग पु¥याउने बताईएको छ । एक्स्पोमा स्टललाई १० हजारदेखि १ लाखसम्म दर निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्