लेटाङ लायन्स क्लबको अभियान ‘विद्यार्थीसँग दशैं’

लेटाङ लायन्स क्लबको अभियान ‘विद्यार्थीसँग दशैं’

भूमिका पाख्रिन
लेटाङ । लेटाङ लायन्स क्लबको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विद्यार्थीहरुसँग दसैं मनाउने कार्यक्रम सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं. ६ स्थित पब्लिक प्राविमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल झोला लगायतका सामाग्री वितरण गरिएको छ ।
विशेष गरी विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले पनि दसैं सबैका लागी आउनुपर्छ भन्ने उदेश्यका साथ विद्यालयमा दशैं मनाइएको लेटाङ लायन्स क्लबका अध्यक्ष शान्ति पाख्रिन लामाले बताइन् ।
सोही कार्यक्रममा ह्वील चियर, एम्बुलेन्स पुग्न नसक्ने वडा नम्बर १ का केही स्थानका लागी स्टेचरहरु समेत वितरण गरिएको छ । यसैबिच लायन्सको पदस्थापना कार्यक्रम समेत सम्पन्न गरिएको छ । कार्यक्रममा लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल, शिक्षा शाखा उपसचिव कृष्ण राई, लायन्सका डिस्ट्रिक गर्भनर इन्द्र खत्री लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्