विराटनगरका मेहेबुब, साजिद र अनुपमा लियो डिस्ट्रिक ३२५ ए १ को सद्भावना दुतमा नियूक्त

विराटनगरका मेहेबुब, साजिद  र अनुपमा  लियो डिस्ट्रिक ३२५ ए १ को सद्भावना दुतमा नियूक्त

विराटनगर । विराटनगरका अनुपमा बास्तोला, मेहेबुब इराकी र साजिद आलमलाई लियो डिस्ट्रिक ३२५ ए १को सद्भावना दुतमा नियूक्त गरेको छ । विराटनगरमा आयोजित डिस्ट्रिक ईन्टरनेसनमा लाईन्स डिस्ट्रिक्ट ३२५ ए १ का गभर्नर ईन्द्र खत्री (राजन) तथा लियो डिस्ट्रिक्ट ३२५ ए १ का अध्यक्ष रञ्जित भगतले उनीहरुलाई सद्भावना दुतमा नियुक्त गरेका हुन् ।
विराटनगर महानगरपालिका वडानम्बर १० मा घर भएकी अनुपमा बाँस्तोला तीनटोलियाकी स्थायीवासी हुन् । उद्घोषण क्षेत्रमा छुट्टै पहिचान बनाएकी बाँस्तोला सफल उद्यमीको रुपमा समेत स्थापित छिन् । वाँस्तोला यस अघि मिस नेपाल २०१८ को टप फाईनलिस्टको रुपमा थिईन् ।
मेहेबुब इराकी खेलाडी हुन् उनी क्रिकेट खेलाडीको रुपमाले उनले आफ्नो पहिचान बनाएका छन् । साजिद आलम भने मोडलमा लागेका छन् । उनी राष्ट्रिय तथा अन्तराष्ट्रि बिभिन्न मेडलिङमा सहभागी भएका युवा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्