विराटनगरमा -यापरका हस्ति आशिष राणा ( एकेए लाउरे) आँउदै

विराटनगरमा -यापरका हस्ति आशिष राणा ( एकेए लाउरे) आँउदै

विराटनगर । विराटनगरमा दशै लागेसँगै साँस्कृतिक कार्यक्रम हुने क्रम बढ्दो छ । दशैको अवसरमा ¥यापरका हस्ति आशिष राणा (एकेए लाउरे) विराटनगर आउने भएका छन् । शुभ वेंक्विट एण्ड रेष्टुरेन्टको आयोजना तथा भाइरल इभेन्ट इन्टरटेनमेन्टको सहकार्यमा विराटनगरमा दशैं धमाका हुने भएको हो ।
नेपाली सांगीतिक क्षेत्रका हस्तिसँगै स्थानीय कलाकारलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि विराटनगर ४ कचनबारीमा रहेको शुभ वेंक्विट एण्ड रेष्टुरेन्टमा असोज १७ गते शुक्रबार दशै धमाका हुन लागेको हो ।
कार्यक्रममा नेपालका चर्चित ¥यापर आशिष राणा ( एकेए लाहुरे), विराटनगरका हुमन आचार्य, शुभम् न्यौपाने, डिजे सानीस,द एयर ड्रम व्याण्ड लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्थाका प्रोप्राइटर गोविन्द मानन्धरले बताए । नेपाली गीत संगीतको प्रवर्द्धन गर्नु र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु रहेको भाईरल इभेन्टस इन्टरटेनमेन्टका मेनेजर करण जैनले बताए ।कार्यक्रमको टिकटको मुल्य ३ सय र ६ सय रहेको र सो टिकट विराटनगर मेनरोड स्थित टयाक्सी कपडा पसल,क्याफे ग्रिल टु चिलबाट खरीद गर्न सकिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्