सुनसरीको इनरुवा अस्पतालको सेवा कर्मचारीले ठप्प पारे, दशैको मुखमा पनि तलव आएन

<span class='c1'>सुनसरीको इनरुवा अस्पतालको सेवा कर्मचारीले ठप्प</span> <span class='c2'>पारे, दशैको मुखमा पनि तलव आएन</span>

सुनसरी । दशैंको बेला पनि ४ महिनादेखिको तलब नदिएको भन्दै सुनसरीको इनरुवा अस्पतालको सेवा कर्मचारीले ठप्प पारेका छन् । काम गरेबापत मासिक आउने तलब दशैंको आउन लाग्दासमेत नदिएको भन्दै अस्पतालका कर्मचारी स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।

मेडिकल सुपरिटेन्डेन्ट बीना शाक्यले आफ्नो मात्र तलब खाएर काठमाडौं हिँडेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन्। स्थायी कर्मचारीको र आफ्नो तलब बुझेर शाक्य यतिबेला  काठमाडौंमा छिन्। अन्य कर्मचारीको तलबसम्बन्धी कागजमा हस्ताक्षर नगरी मेसु शाक्य काठमाडौं गएकी हुन्। 'आफ्नो र स्थायी कर्मचारीको मात्र तलब बाँढेर मेसु साप काठमाडौं जानु भएछ' ज्यालादारी रूपमा स्वीपरको काम गर्ने अशोक मरिकले भने 'आफ्नो तलब लिनु भो, दशैं मनाउन जानु भयो, चार महिनादेखि तलब पाएका छैन  दशैं कसरी मनाउनु?’ तलब नपाएका स्वास्थ्यकर्मीको आन्दोलनका कारण ओपिडी सेवा पूर्ण रूपमा ठप्प भएको छ।  करार र व्यवस्थापन समिति मतहतकका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालले दिने सेवा नै अहिले प्रभावमा परेको हो।

ओपिडी सहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द हडताल जायज नहुने भन्दै कर्मचारीलाई काममा फर्किन समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्