बस र ट्रक ठाेक्किँदा १४ जना घाइते

बस र ट्रक ठाेक्किँदा १४ जना घाइते

धनकुटा । धनकुटा जिल्लाको गुठिटारमा भएको सडक दुर्घटनामा १४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा सबै १४ जना घाइते भएका थिए। बसमा सवार १३ जना घाइतेलाई उद्धार गरि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो।सो मध्ये १२ जना घर फर्किएको र तेह्रथुम वसन्तपुर लालीगुराँस नगरपालिका –४ की ३२ वर्षिया गोमा गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदर्शन कोइरालाका अनुसार मध्यान्ह करिब सवा १२ बजे गुठिटारमा यात्रुबहाक बस र ट्रक एकआपसमा ठोक्किएको हो।घाइते मध्ये ट्रक चालक भोजपुरका चन्द्र राईलाई उपचारका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उनले बताए।

झापाबाट तेह्रथुमका लागि हिडेको ना.६.ख १९७६ नम्बरको बस र धनकुटाबाट धरान आउदै गरेको ना.६.ख ४४८३ नम्बरको ट्रक ठोक्किएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्