वीरगञ्जमा एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनले पठाए भिडियो सन्देश

वीरगञ्जमा एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनले पठाए भिडियो सन्देश

काठमाण्डौ – केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

यही सन्दर्भमा बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका छन् । अमिताभले भने, ‘मलाई तपाईँको बारेमा उत्तराखण्डको नैनीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेको मित्र उज्ज्वल थापाले बताउनुभयो । तपाईँप्रति जे भयो, त्यो निकै दर्दनाक छ । यो कुरा सुनेर म निकै दुःखी भएँ ।’

अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गरे । ‘जे घटना तपाईँमाथि घट्यो, त्यो अरु कसैसँग नघटोस् । तपाईँ नाम जस्तै सधैँ हाँसिरहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उनले भने । साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन् । उनले मुस्कानको स्वास्थ्य लाभको कामना पनि गरे ।

तस्बिर/भिडियाे उज्ज्वल थापाकाे फेसबुकबाट

यसअघि बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले पनि मुस्कान खातुनकाे स्वास्थ्य लाभकाे कामना गर्दै भिडियाे सन्देश पठाएका थिए ।

त्यस्तै 'भ्वाइस अफ् नेपाल' सिजन-२ का कोच राजु लामाले पनि मुस्कानसँग भेटेर सँगै गीत गाउँदै उनको साहस बढाउने काम गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । उज्यालो अनलाईनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्