शल्यचिकित्सक समाजको अध्यक्षमा नोबेलका डा.यादव

शल्यचिकित्सक समाजको अध्यक्षमा नोबेलका डा.यादव

बिराटनगर । शल्यचिकित्सक समाज प्रदेश नम्बर १ को अध्यक्षमा नोबेल अस्पतालका डा.रोहितप्रसाद यादव निर्वाचित भएका छन् । १ नम्बर प्रदेशका बिभिन्न अस्पतालमा कार्यरत शल्यचिकित्सकहरुको भेलाले डा.यादवको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा डा.सुनिलचन्द्र अधिकारी, सचिवमा डा.राकेशकुमार गुप्ता, सह–सचिवमा डा.शिवराज शर्मा, कोषाध्यक्षमा डा.निशेष सिटौला र सह–कोषाध्यक्षमा डा.सुदिप खानिया निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा डा.नरेन्द्र पण्डित, डा.अशोक कोईराला, डा.भुपेन्द्र श्रेष्ठ, डा.निर्मलप्रसाद शाह, डा.रबिनराज सिंह, डा.समिर भट्टराई, डा.वासुदेव वासकोटा, डा.रामवावु खड्का र डा.सम्भु नवाल चयन भएका छन् । भेलाले प्रा.डा.शैलेस अधिकारी, प्रा.डा.आर के सिंह र डा.आर के साबो सम्मिलित तीन सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ ।
यसैवीच समिति घोषणाका लागि बिराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित अध्यक्ष डा.रोहितप्रसाद यादवले पित्त नलीको समस्या, सचिव डा.राकेश गुप्ताले हर्निया र डा.मनिस गौतमले फिस्टुलाको शल्यक्रियाका बिषयमा कार्यअनुभव बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्