डेंगीपछि स्क्रब टाइफस, दुईको मृत्यु, ९९ संक्रमित

<span class='c1'>डेंगीपछि स्क्रब टाइफस, दुईको</span> <span class='c2'>मृत्यु, ९९ संक्रमित</span>

चितवन । चितवनमा साउनयता उपचार गराउन आएका मध्ये स्क्रब टाइफसका कारण दुईजनाको मृत्यु भएको छ भने ९९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो ।

स्क्रब टाइफसका कारण मृत्यु भएकामा एकजना गैंडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए। जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ, रौतहट, बारा लगायत जिल्लाका रहेका छन् । स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो ।

साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स)लाई संक्रमणमा पार्दछ । ती संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् ।

यी संक्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिए । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा संक्रमित किर्ना प्रशस्त हुन्छन् ।

ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट संक्रमित भए उनकोे गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ ।

आर्थिक वर्ष २०७४\७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्