विराटनगरमा जारी कोसेली महोत्सव सकियो, १६ लाखको कारोवार

विराटनगरमा जारी कोसेली महोत्सव सकियो, १६ लाखको कारोवार

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा सञ्चालित ५ दिने कोसेली महोत्सव सम्पन्न भएको छ ।
‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको कोसेली महोत्सवमा १६ लाखको कारोबार भएको महिला उद्यम समितिका अध्यक्ष सन्तोष जैनले जानकारी दिए । झरीका कारण १ दिन ढिला गरी सुरु गरिएको महोत्सवमा लक्ष्यअनुसार कारोबार गर्न नसकिएको आयोजकले जनाएको छ । १३ लाख खर्च भएको महोत्सवमा ६ हजारले अवलोकन गरेको नेपाल युवा उद्यम मञ्च तथा महोत्सवका संयोजक मनोजविक्रम शाहले जानकारी दिए । उद्योग संगठन, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा भएको महोत्सवको समापनको अवसरमा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसैयतले उद्योग आर्थिक विकासको मेरुदण्ड रहेकाले उद्यमशीलता बढाउन प्रदेश सरकार लागि पर्ने बताए ।
उनले महिला उद्यम समितिलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि स्पष्ट पारे । यस्तै कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले युवा तथा महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न गरिएको महोत्सवलाई सबैको साथ र सहयोग रहेकाले पानी परे पनि आयोजना गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्