नोबेल मिस्टर एण्ड मिस थारु आइकन –२०१९’ को फिनाले असोज १७ गते हुने

नोबेल मिस्टर एण्ड मिस थारु आइकन –२०१९’ को फिनाले  असोज १७ गते हुने

विराटनगर । थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि यही असोज १७ गते प्रदेश नम्बर १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन –२०१९’ को फिनाले गर्ने भएको छ ।
केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मोरङ, सुनसरी, गाइघाट, झापाका ३२ जना युवा तथा युवतीले आफ्नो प्रतिभा प्रस्तुत गर्ने जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ५०-५० हजार नगदसहित विभिन्न उपहार प्रदान गर्ने केन्द्रका सल्लाहकार सुचि चौधरीले बताउनुभयो । यस्तै फस्र्ट रनर अपले ३०-३० हजार सेकेन्ड रनर अपले २०-२० हजार र विभिन्न गिफ्ट हयाम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताहरुलाई थारु भेषभुषा, खानाका परिकार लगायत थारुकला, मोखकलाको समेत प्रशिक्षण दिएको थियो । थारु जातिको भक्का, बगिया, घुगी खानाका परिकार लगायत थारु भेषभुषा, कला र थारु संस्कृतिलाई विश्व समुदाय समक्ष प्रस्तुत गरि पर्यटनक्षेत्रलाई प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सोही अवसरमा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्