विराटनगरमा हुलक प्रबिधि बारे छलफल, हुलाकलाई समय सापेक्ष परिमार्जन हुनु पर्ने

विराटनगरमा हुलक प्रबिधि बारे छलफल, हुलाकलाई समय सापेक्ष परिमार्जन हुनु पर्ने

विराटनगर । हुलाक सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाएर लैजानु पर्ने विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
विश्व हुलाक दिवसका अवसरमा विराटनगरमा क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । नेपाल ब्रोकास्टीङ एशोसिएशन प्रदेश नंवर १ का अध्यक्ष सन्देशदास श्रेष्ठले हुलाक सेवाले समय सापेक्ष र प्रतिस्पर्धी बनाउन उच्चतम प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
हुलाक निर्देशनालयका प्रमुख सोमप्रसाद भट्टराईले हुलाक निर्देशनालयले स्रोत , साधनको अभावमका काम गरिरहेको बताए । हुलाक सेवालाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने पुरानो माध्यामको रुपमा लिइन्छ । सूचना र संचारको आवश्यकतालाई महशुस गरेर सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।
नेपालले भने सन् १९५६ मा यसको सदस्यता लिएको थियो । विश्व हुलाक संघको सदस्यता लिएसँगै नेपालले पनि विश्व हुलाक दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्