पार्टीको निर्देशन नमानेको भन्दै, महरालाई अनुशासनको कारबाही गर्दै नेकपा

<span class='c1'>पार्टीको निर्देशन नमानेको भन्दै, महरालाई</span> <span class='c2'>अनुशासनको कारबाही गर्दै नेकपा</span>

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ । बलात्कार आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । मंगलबार बसेको सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिन सुझाव दिए पनि महराले सभामुख पदबाट घुमाउरो शैलीमा राजीनामा बुझाएका थिए ।

नेकपा एक सचिवालय सदस्यका अनुसार बैठकले दिएको सुझाव कार्यान्वयन नगरेकाले अब संसदीय दलको बैठकमा उनलाई नबोलाइने बताए । संविधानको कुन धाराअनुसार राजीनामा गरेको भन्ने कुरासमेत आफ्नो राजीनामा पत्रमा उल्लेख नगरेको र पार्टीले दिएको सुझावसमेत नमानेकाले पार्टीले आवश्यक कारबाही प्रक्रियाअघि बढाउने नेकपा स्रोतले जनाएको छ ।

पार्टीले दिएको सुझावअनुसार राजीनामा नदिएकाले अब पार्टीले उनले अनुशासनको कारबाही गर्ने स्रोतको दाबी छ । पार्टीले दिएको सुझाव कार्यान्वयन नगरी अनुशासन उल्लंघन गरेका महरालाई सांसद पदबाट समेत पार्टीले कारबाही गर्ने प्रक्रिया अघि बढाउनेछ ।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत हटाउने तयारी नेकपाले गरेको छ । ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनै पनि सदस्यलाई दलबाट निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ । यसरी निष्कासन महराको सांसद पद स्वतः रिक्त हुनेछ ।

सभामुख पदबाट राजीनामा दिइसकेका महराले सांसदको जिम्मेवारीमा रहँदा अनुसन्धान प्रभावकारी नहुने निष्कर्ष नेकपाको रहेको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत घटना पुरै बेहोरा हेरी सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएका थिए । पार्टी बैठकमा छलफल गर्नुभन्दा अघि नै अध्यक्षद्वय ओली र दाहालसहित शीर्ष नेताले यस विषयमा बुझेर यस्तो सुझाव दिएका थिए ।

अध्यक्षद्वय ओली र दाहाललाई समेत महराले झुठो कुरा गरेकाले छानबिनमा असर नपरोस् भनी राजीनामा दिन सुझाइएको थियो । वास्तविकता बुझेपछि अध्यक्षद्वयले महरालाई हप्काउँदै झुठो कुरा नगर्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले घटनाको बारेमा आफंै सुरक्षाकर्मीसहित विभिन्न माध्यमबाट सूक्ष्म अध्ययन गरेका छन् । यस घटनाले पार्टीको समेत बदनामी भएको निष्कर्ष निकाल्दै घटनाको स्वच्छ एवं निष्पक्ष छानबिन हुनुपर्ने भन्दै उनलाई राजीनामा दिन भनिएको हो ।

कुनै सांसद पद छाड्न चाहे सभामुखलाई राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, सभामुखले राजीनामा स्वीकार नगर्दासम्म पद रहन्छ । संविधान जारी भएलगत्तै डा. बाबुराम भट्टराईले तत्कालीन सभामुख सुवास नेम्वाङलाई राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको थियो ।

तर, संविधानको विरोध गर्दै राजीनामा गरेका तत्कालीन सद्भावनाका सांसद लक्ष्मणलाल कर्णलगायतको राजीनामा सभामुखले स्वीकृत गरेका थिएनन् । फलस्वरूप उनीहरूले संविधान जारी भइसकेपछि संसद्मा फर्किएका थिए ।

कानुनमा रहेको यस्तो व्यवस्थाका कारण समेत महराले सांसद पदबाट राजीनामा नदिएको हुन सक्ने एकपक्षको आँकलन रहेको छ । तर, सभामुखबाट राजीनामा गरेको महराले सांसद पदबाट समेत उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा दिन सक्थे भन्दै अर्को पक्षले अब पार्टीबाटै कारबाही प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरिरहेका छन् ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्