रक्सी बनाउन जम्मा गरिएको पानीमा ५ जनाको शव भेटियो

<span class='c1'>रक्सी बनाउन जम्मा गरिएको पानीमा</span> <span class='c2'>५ जनाको शव भेटियो</span>

बारा ।  बारामा बुधबार साँझ  आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ । अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाराको फेटा गाउँपालिका४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उहाँकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएकोे प्रहरीले जनाएको छ ।

करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुग्नु भएका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनुभयो । ४-५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्