विराटनगरका बाबुराम भट्टराईले आफ्नै श्रीमतीलाई प्रेसर कुकरले हान्दा गम्भीर घाईते

<span class='c1'>विराटनगरका बाबुराम भट्टराईले आफ्नै श्रीमतीलाई</span> <span class='c2'>प्रेसर कुकरले हान्दा गम्भीर घाईते</span>

विराटनगर, १६ असोज । विराटनगर –१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् ।

सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए ।
प्रहरीका अनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ । प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका कारण घटना भएको हो भन्ने बारेमा खुलाएको छैन ।
घटनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्