मोरङको कटहरी स्थित बगिरहेको पैनीमा डुबेर महिलाको मृत्यु

<span class='c1'>मोरङको कटहरी स्थित बगिरहेको</span> <span class='c2'>पैनीमा डुबेर महिलाको मृत्यु</span>

विराटनगर,१६ असोज । पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ ।
केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार सडकको साइडमा रहेको पैनीमा डुबेर महिलाको मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।
शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्