विराटनगरमा भेस्पा र एप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्री सुरु

विराटनगरमा भेस्पा र एप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्री सुरु

विराटनगर,१६ असोज । पियाजियो कम्पनीको लोकप्रिय ब्राण्ड भेस्पा र एप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्री वितरण विराटनगरमा पनि सुरु गरिएको ।

उच्च स्तरीय ईटालियन टेक्नोलोजीमा आधारित कम्पनीको दुगड ब्रर्दश एण्ड सन्स प्रा.लि ले बिहिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै भेस्पा र एप्रिलिया टु ह्विलर्स शोरुमको उद्धाटन गरेका छन ।

नेपालमा २५ वटा शाखा र डिलरहरु मार्फत उक्त दुई ब्राण्डका स्कुटरहरु बिक्री वितरण भईरहेको बेला बजार विस्तारका लागी थप १० वटा शहरहरुमा शाखा र डिलरहरुको सञ्जाल निमार्ण गर्न उक्त शोरुमको उद्धाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका हेड अफ अपरेशन विजय महत्तोले आधिकारिक बिक्रेताको रुपमा रहेर मात्र ८ महिनाको बिक्रि वितरणबाट स्कुटरको बजारमा भेस्पा र एप्रिलियाले तेस्रो स्थान हाँसिल गर्न सफल भएको बताए । महत्तोका अनुसार भेस्पा र एप्रिलिया दुवै फरक र बिशेष किसिमको स्कुटर रहेको छ । भेस्पा सबैभन्दा पुरानो र विश्वसनीय ब्राण्ड बनिसकेको र एप्रिलियाले विश्वभरिको २ सय ९४ वटा पिक रेस जितेर ईतिहास बनाईसकेको हुनाले ग्राहकहरुमा यो दुई ब्राण्ड धेरै नै लोकप्रिय मानिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्