धनकुटामा ट्र्याक्टरबाट लडेर एक जनाको ज्यान गयाे

धनकुटामा ट्र्याक्टरबाट लडेर एक जनाको ज्यान गयाे

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेतेनुपामा ट्र्याक्टरबाट लडेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा चौबिसे गाउँपालिका–३, बन्दुकेडाँडाका १७ बर्षीय लक्ष्मण तामाङ रहेका छन् । तमोर नदीबाट बालुवा लिएर मुढेवास जाँदै गरेको को. २ त.२८३६ नम्बरको ट्र्याक्टर बुधबार राति दुर्घटनामा परेको थियो । ट्र्याक्टरबाट लडेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सई सुरेन्द्र खड्काले जानकारी दिनुभयाे ।

घटनापछि ट्र्याक्टर र चालक चौबिसे गाउँपालिका–५ का जीवन तामाङलाई मुढेवास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्