वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदै

वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदै

काठमाडाैँ । नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदैछ ।साहसकी प्रतीक भगवतीलाई यज्ञयज्ञादि दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न-बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । हातमा चम्किलो खड्ग धारण गरेको शास्त्रमा चित्रण गरिएको छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन् ।

देवी कात्यायनीको पूजा-आराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्