झापामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु , बिराटनगरका एक घाईते

झापामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु , बिराटनगरका एक घाईते

झापा, असोज १७ गते ।

झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान-१३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर-७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका थिए ।

घाईते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको हो । घाईते २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्