बिराटनगरमा क्लोथ बैंकमा यसरी मनाइयो दसैँ , विपन्नलाई दशैँको लागि सहयोग

बिराटनगरमा क्लोथ बैंकमा यसरी मनाइयो दसैँ , विपन्नलाई दशैँको लागि सहयोग

बिराटनगर असोज १७, 

बिराटनगरमा आवयश्क परेको क्षेत्रका गरिव, विपन्नका साथै प्राकृतिक प्रकोप, घटना दुर्घटनाका प्रभावितहरुलाई आवयश्क लुगाको व्यवस्थापनका लागि स्थापना गरिएको क्लोथ बैंकले दशैँको अवसरमा आज एक कार्यक्रम गरेको छ ।

टिमद्वारा बिराटनगरमा ३१० जनालाई दशैको अवसरमा टीका, खाना र लुगा दिएर दशै मनाएको छ । साथै दशैलाइ केन्द्रित गरेर गरिएको ५ दिने  कार्यक्रममा २७ सय घर परिवारलाइ लुगा, जुत्ता र केही विद्यार्थीहरुलाई ब्याग समेत प्रदान गरेको समुहका सस्थापक पेरिस सुबेदीले बताए। कार्यक्रममा समाजसेवी भवेश पौडेल , युवा नेता वासिम आलम र युवा ब्यापारी नितेश राज नायकले सहयोग गरेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्