विराटनगरको मुसहर बस्तीमा गायक पोखरेलको जन्मदिन, एल्वम अल्कोहोलिक लभको बिमोचन

विराटनगरको मुसहर बस्तीमा गायक पोखरेलको जन्मदिन, एल्वम अल्कोहोलिक लभको बिमोचन

विराटनगर । विराटनगर महानगरपालिका वडा १६ नेपाल भारत सीमा क्षेत्र भारतको दशगजासँगै एउटा बस्ती हो, दरैयाको मुसहर बस्ती । जहाँ पुग्नको सिमा क्षेत्र रानीबाट दशगजाको बाटो हुदै जानुपर्ने हुन्छ । विराटनगर दक्षिण गेट पस्चिम जहाँ एउटा सशस्त्रको चेकपोष्ट छ । अनि त्यहीँबाट पस्चिम एउटा उखुबारीसँगै रहेको बस्ती हो ऋषिदेव टोल ।

ऋषिदेव समुदायको मानिसहरु बसोवास गर्ने यो ठाउँमा शुक्रवार बिहान निक्कै चहल पहल देखिन्थ्यो । गायक सिताराम पोखरेल सहित विराटनगरको एक दर्जन सञ्चारकर्मीहरु त्यहाँ पुगेका थिए । यो बस्तीमा कोही धेरै पटक समाचार संकलनको क्रममा पुगेका थिए भने कोही कोही पहिलो पटक पुगेका थिए ।

किन पत्रकार र गायक त्यहाँ पुगे ?

किन त्यहाँ गायक सहित संचारकर्मीको टोली पुग्यो त? त्यो बिषय निक्कै रमाईलो खालको छ । यसरी सँगै गएको गायक गीत गाउन अनी पत्रकार उनले गाएको गीतको समाचार लेख्नकालागि त्यहाँ पुगेका थिएनन । गायक पोखरेल आफ्नो ५९ औँ जन्मदिन मनाउन मुसहर बस्तीका बालबालिकासँग पुगेका थिए ।

पोखरेल आफ्नो जन्मदिन मुहसहर बस्तीमा त्यहीँका बालबालिकासँग मनाउन चाहन्थे । हरेक अक्टोवर ४ लाई आफ्नो जन्मदिनको रुपमा मनाउँदै आएका पोखरेललले यो बर्षको जन्मदिन तिनै ऋषिदेव समुदायका बालबालिकाका बिचमा मनाएका हुन् । लामो समयदेखि बिद्यालय जानबाट बञ्चित बालबालिकाका बिचमा गायक पोखरेलले केट काटेर रमईलो गर्दै जन्मदिन मनाएका थिए । साथै गायक पोखरेलले आफ्नो एल्बम अल्कोहोलिक लभको समेत विमोचन गरे ।

विराटनगर १६ का स्थानिय राजु क्षेत्रीले केही समय अगाडी मुसहर बस्तीका बालबालिकालाई आफै गएर पढाउँदै आएका थिए । पढाईबाट बञ्चित भएका बालबालिकाहरुलाई खाली चउरमा भेला गराई पढाउने गर्दथे । उनको त्यो महान कार्यदेखेर अन्य संघसस्थाहरुले पनि शैक्षिक सामाग्री देखी न्यानो कपडा र ती बालबालिकाहरुलाई सहयोग गर्न थाले । राजु कै पहलमा पाथिभरा लायन्स, जनता अध्ययन केन्द्रले भवन निमार्ण गरिदिएको थियो । अहिले ती बालबालिकाहरुलाई राजुले त्यही अध्ययन केन्द्रमा भेला गराई पढाउने गर्दछन् ।

गायक पोखरेलले कलाकारको काम गाउने मात्र नभर समाजसेवा पनि रहेको बताए । उनले धुर्मुस सुन्तलीको पनि उदाहरण दिँदै सहयोगी दाताहरुलाई पनि सहयोग गर्न आग्रह गरे । पोखरेलले बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु प्रदान गरेका थिए ।

विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बाले बालबालिकाहरु अध्ययन गर्ने स्थानमा शौचालय नभएको कारण शौचालय निर्माण गर्नको लागि वडा कार्यालयले सहयोग गर्ने घोेषणा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, वरिष्ट गायक रामा मण्डल लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । सो स्थानमा राजुले ६० जना बालबालिकाहरुलाई पढाउदै आएका छन् । उनकालागि विराटनगरका हाँस्य–कलाकार पारस थापाले सहयोगीको भुमिका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्