धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढ्यो : कमल थापा

धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढ्यो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढेको बताएका छन् ।

थापाले भने, "समाजमा भगवानको अस्तित्व स्वीकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार र अत्याचार बढदै गएको हो। त्यसर्थ, सनातन धर्म र संस्कृतिको रक्षा गरौं ।"

पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भुमिका खेल्ने विचार ब्यक्त गरे ।

भगवानसँग डर नहुँदा अन्याय, अत्याचार बढेको भन्दै थापाले चाड पर्वहरुलाई मितव्यी ढंगले आपसी सद्भाव, प्रेम र आत्मियता अभिवृद्धी हुने गरी मनाउनु पर्नेमा जोड दिए ।

धर्म, संस्कृती र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दसैं बिदालाई सदुपयोग गर्नसमेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्