देवानगञ्जमा बन्यो नयाँ स्वास्थ्य चौकी, स्वास्थ्य मन्त्री यादवले गरे उद्घाटन

देवानगञ्जमा बन्यो नयाँ स्वास्थ्य चौकी, स्वास्थ्य मन्त्री यादवले गरे उद्घाटन

सुनसरी । सुनससरीको देवानगंजमा नव निर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वास्थ्य चौकीको नव निर्मित भवनको संघीय सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।
स्वास्थ्य चौकीको उद्घाटनसँगै मन्त्री यादवले स्वास्थ्य भनेको नागरिकसँग प्रत्यक्ष जोडिएकोले नागरिकको हितमा हुने उल्लेख गरे । स्वास्थको बिषयमा संघीय सरकारले काम गर्दै आएको स्पष्ट पार्दै दक्षिणी क्षेत्रका नागरिकले उपचार नपाएर अकालमा ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्ने अभियानमा आफु लागेको स्पष्ट पारे ।
उद्घाटन समारोहमा प्रदेश सांसद जयराम यादव, गाउँपालिकाका प्रमुख उपप्रमुख लगायत स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्