विराटनगरको बजार रातीसम्म भिड, ब्यापारीका गुनासा, ‘जोगवनी गुल्जार–विरानगर सुनसान’

विराटनगरको बजार रातीसम्म भिड, ब्यापारीका गुनासा, ‘जोगवनी गुल्जार–विरानगर सुनसान’

विराटनगर । विराटनगरका ब्यापारी हरेक बर्ष ब्यापारी भएन भनेर हरेक कार्यक्रममा गुनासो पोखेका भेटिन्छन् । यो बर्ष त झन बिराटनगर महानगरपालिकाले निर्माण गरेको नाली र सडकको कारण ब्यापार चौपट भयो भन्दै निक्कै आलोचना गरे । तर शुक्रवार रातीझण्डै ९ बजेसम्म बजारहरु दिउँसोको भन्दा निक्कै भिड थिए । ब्यापारीहरुलाई आफ्ना सामानहरु बेच्न भ्याई नभ्याई थियो । उपभोक्ताहरु भिडका कारण ब्यापारीले बोल्न समेत नभ्याउँदा फर्किएर निस्किएको पनि भेटियो ।
हरेक बर्ष जोगवनी गुल्जार भयो, विरानगर सुनसान भयो भन्ने ब्यापारी मात्र हैन सबैलाई दशैको मुखमा भएको ब्यापारले उत्साहित बनाएको देखिन्थ्यो । तर किन ब्यापारीका गुनासा सँधै एकै खालका होलान् त ? विराटनगर महानगरपालिकाले दशैसम्म सडकहरु पिच बनाईदिने भनेपछि उत्साहित भएका ब्यापारीहरुले नवरात्रीका बेलामा भएको बर्षाका कारण दशै बर्बाद भयो भन्दै महानगर कै खोईरो खने । अनी अहिले आएर ब्यापार निक्कै उत्साहित हुँदापनि ब्यापारीका गुनासा एकै खालको छ, ‘जोगवनी गुल्जार–विरानगर सुनसान ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्