भोजपुरमा जिल्लाकै ठूलो गुम्वा निर्माण हुदै,बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्य

भोजपुरमा जिल्लाकै ठूलो गुम्वा निर्माण हुदै,बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्य

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठूलो लगानीमा बौद्धगुम्बा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठूलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्यले भोजपुरबासीले गुम्बा निर्माणको कामलाई अघि बढाएका हुन् । शुरुमा श्रमदान र चन्दा संकलन मार्फत निर्माण सुरु गरिएकोमा अहिले भने गाउँपालिकासँगै प्रदेश सरकारले समेत चासो देखाएको छ ।

प्रदेश सरकारको ३० लाख र अन्य सहयोगसहित करीब ६५ लाख खर्चमा गुम्बा निर्माण भइरहेको छ । आफ्नो ठाउँमा निकै ठूलो लगानीमा बौद्ध गुम्बा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । गुम्बा निर्माण सम्पन्न भएसंगै यहाँ शेर्पा, तामाङ, गुरुङ लगाएत समुदायका करिव २ सय परिवार लाभान्वित हुने निर्माण समितिको भनाइ छ । स्थानीयले बौद्ध विद्यालय समेत सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।

गाउँपालिकाले सबै भाषा धर्म संस्कार सस्कृतको संरक्षणका लागि काम गर्ने जनाएको छ । यस क्षेत्रमा रहेको लोपान्मुख किरात राईहरु दुङ्मालीको संरक्षणको लागि दुङमाली भाषा संग्राहलयको समेत निर्माण भइरहेको गाउँपालिकाको भनाइ छ । गुम्बा निर्माणले गाउँपालिकाको मुहार फेर्ने र धेरैले बौद्ध धर्मसम्बन्धि शिक्षा पनि पाउने हुँदा स्थानीय पनि हर्षोल्लासका साथ गुम्बा निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्