हिमालको काखमा अवस्थित नेपाल एउटा आत्मनिर्भर देश (चित्र कथा)

हिमालको काखमा अवस्थित नेपाल एउटा आत्मनिर्भर देश (चित्र कथा)

[caption id="attachment_66894" align="alignnone" width="901"] लेखक: चन्द्र उपाध्याय[/caption]

दक्षिणमा भारतको गंगाको तट अनि बनारस, उत्तरमा तिब्बत । हिन्दु र बौद्ध धर्म बरावरी अनि कयौं अवसरमा यी दुबैको सममिश्रण । चारैतिर सजिएका बौद्ध मन्दिरहरु । सबै अगरबत्तिको सुगन्धले भरिएका । भारतीय र चिनियाँ संस्कृतिको झलक । तिब्बति शरणार्थीको समेत आफ्नो धार्मिक स्वतन्त्रता सहित आरामदायी उपस्थिती । करिब एकलाख मानिसको बसोबास रहेको नेपालको राजधानी काठमान्डु सहर एसियाकै ’क्रसरोड ’।
संसारसंग संचार भने खासै नभएको तथापी बेलायत संगको लामो सम्बन्ध संगै पश्चिमको प्रभाव देखिँदै गएको हिमालको काखमा अवस्थित नेपाल एउटा आत्मनिर्भर देश ।
केवल २ मिनट ५९ सेकेन्डको एउटा भिडिओ । अवसर बेलायतकी महारानीको सन् १९६१ (वि स २०१८) को नेपाल भ्रमण । स्थान काठमान्डू एयरपोर्ट । सानो एयरपोर्ट भएकाले, छोटो रनवेमै अवतरण गर्नसक्ने सानै जहाजमा महारानीको आगमन । अथितीेको स्वागतमा घन्टौं पहिलेदेखि काठमान्डूबासी । करुवाले पानी पिलाएर जनताको तिर्खा मेटाउने प्रयास ।
विकास के हो ? आधुनिक स्वास्थ्य र शिक्षा, लोकतान्त्रिक राजनैतिक पद्धति, विश्व सम्बन्ध वा यस्तै कुनै वा यी सबै ? सबै भन्दा महत्वपुर्ण चाँही कुन ? विश्व बैंककी दक्षिण एसिया उपाध्यक्ष ईजावेल गुइरेरोले सन् २०१३ मा भनेकी छन् , ’आज नेपालमा जन्मिएको एउटा बच्चा सन् १९७० मा जन्मिएको बच्चा भन्दा २५ वर्ष बढी बाँच्न सक्छ ।’
अनि आत्म निर्भरता ? हामीले कहिल्यै प्राप्त गर्न नसकेको भने होइन रहेछ । तर्कहरू कयौं हुन्छन । हो, संसारका सबैभन्दा विकसित मानिएका मुलुक पनि अरु मुलुकमा निर्भर रहन्छन । कच्चा पदार्थका लागि, श्रमिकका लागि अनि बजारका लागि । तर त्यसलाई निर्भरता नभनेर पारस्परिक निर्भरता भनिन्छ । नेपालको आर्थिक सामथ्र्य कुनै समय सिंगापुरको बरावरी थियो रे ।
नेपालको विकासमा ’विकासको मौलिकता’ कति छ ? हाम्रो विकासमा बाह्य सहयोग र ऋणको भूमिका के छ ? हाम्रो बजार भरिएका अत्याधुनिक वस्तु र सेवाले उब्ज्याएको नेपालको परनिर्भरता ले हामीलाई कहाँ पुर्याउला ? ’मानिस निर्यात’ गरेर आएको रेमिट्यान्सले मापन गरिने नेपाली प्रतिव्यक्ति क्रय क्षमताको आंकडा कति दिगो हुन्छ?
२०७६ सालको दशैंको सम्पन्नता र २०१८ सालको राजा महेन्द्रको पालाको नेपालको आत्मनिर्भरताबिचको सम्बन्ध र खाडल (ज्ञाप ) लाई बुझ्न मन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्