पक्राउ परे विप्लव माओवादीका सेक्रेटरी सहित माटो मुनी गाडिएको ४३ थान बिष्फोटक पदार्थ जिलेटिन

पक्राउ परे विप्लव माओवादीका सेक्रेटरी सहित  माटो मुनी गाडिएको ४३ थान बिष्फोटक पदार्थ जिलेटिन

विराटनगर, १८ असोज । मोरङ प्रहरीले बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजनालाई हातहतियार सहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगी पक्राउ परेको जनाएको छ ।
उनीहरुलाई प्रदेश न १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीको उपस्थितीमा हातहतियार सहित पक्राउ गरी सार्वजनिक गरिएको थियो  ।

प्रहरीले मोरङको बुढीगंगा गाँउपालिका–७ मा प्रयोग गर्न लुकाई राखेको अवस्थामा बिष्फोटक पदार्थ समेत बरामद गरेको छ ।
प्रहरीले उनकै सूचनाका आधारमा ४३ थान जिलेटिन बरामद गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । खतिवडाले बुढीगंगा गाउँपालिका–७ का बालकुमार डाँगीलाई बिष्फोटक पदार्थ लुकाएर राख्ने जिम्मेवारी दिइएका थिए । प्रहरी अनुसन्धानमा डाँगी समेत संलग्न रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो ।

डाँगीले केराघारी भित्र माटो मुनी गाडेर निओजेल ९० लेखिएको जिलेटिन, एरियल सहितको सेतो रिमोट एकथान, तार जोडिएको बक्स एकथान, रातो टेप र तार सहितको डेटकर्ड, केप, मसिनो तार राखेको फेला परेको थियो ।
बुढीगंगा घर भएका खतिवडा सुन्दरहरैंचा–७ मा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनको कोठाबाट आर्थिक सहयोगका लागि तयार गरिएको लेटरप्याड, विभिन्न मितिका प्रेस विज्ञप्ती, सम्पर्क नम्बर भएको डायरी, पार्टीको छाप, मेची–कोशी ब्यूरोको परिपत्र, सहयोग रसिद समेत बरामद गरिएको छ । प्रदेसभरी अहिले सम्म विप्लव समुहका ४६ जना कार्यकता पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञावलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्