‘नोबेल मिस्टर एण्ड मिस थारु’ को उपाधि अमन र अंकिता चौधरीले पाए

‘नोबेल मिस्टर एण्ड मिस थारु’ को उपाधि अमन र अंकिता चौधरीले पाए

विराटनगर, १८ असोज । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरी पाएका छन् । थारु कला केन्द्र बिराटनगरले आयोजना ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्प्रधिलाई पछी पार्दै उपाधि जितेको हो । त्यसै गरि फस्ट रनर अप पुरुष तर्फ करण चौधरी र महिला तर्फ रेसिका चौधरी र सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरीले उपाधि जितेका छन् ।

उपाधि पाउने बिजेतालाई क्रमशस् ५०र५० हजार, फस्ट रनर अपलाई ३०र३० हजार र सेकेन्ड रनर अपलाई २०र२० हजार नगद पुरस्कारको नोबेल मेडिकल कलेजका प्रबन्ध नारायण प्रसाद दाहालले वितरण गर्नुभयो । नोबेल मिस्टर एण्ड मिस थारु आइकन उपाधि पाउने अमन र अंकितले प्रवासी पूर्वेली थारु समाज युएई र थाकस उएईको तर्फ बाट १ हप्ता दुबई भ्रमण गर्न पाउने छन । ज्योति लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडल बिराटनगर र इटहरी शाखाले तर्फ बाट बिजयी ६ जनालाई १०र१० लाख बराबर आकष्मिक दुर्घटना जीवन बिमा ५ वर्षको लागि ब्यबस्था गरेको छ ।

कार्यक्रमा मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल २०१७ का बिजेता बर्षा लेखि, मिस्टर थारु नेपाल २०१७ का बिजेता तथा मिस्टर नेपाल ALTITUDE MEN  इनटरनेशनल २०१८ तथा मिस्टर नेपाल फोटजेनिक २०१८ का चन्दन चौधरी, मिस पुर्वे्लि सुपर मोडेल २०१४, टिकटक क्विन तथा एक्ट्रेस रेश्मा घिमिरे र स्त्री रोग बिशेष डा. बालकृष्ण साहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पुर्व उपप्रधान तथा गृह मन्त्री एवम प्रतिनिधि सभा सदस्य माननीय बिजय कुमार गच्छदारले ग्रान्ड फिनालेको उद्घाटन गर्दै थारु युवायुवतीहरु निकै सोझो र इमान्दारिताको प्रतिमुर्ती भएकोले अब थारु समुदाय अगाडी बढेको देख्दा हर्षित हुँदै यस किसिमको कार्यक्रमलाई सम्पूर्ण थारु संघसंस्थाले साथ दिनु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्