महोत्तरीमा बस दुर्घटना, २० घाईते पाँच जना गम्भीर

महोत्तरीमा बस दुर्घटना, २० घाईते पाँच जना गम्भीर

जर्नाजन खत्री  
सर्लाही, असोज १८ गते । सर्लाहीबाट जनकपुरका लागि छुटेको बस पूर्व–पश्चिम राजमार्गस्थित महोत्तरीमा पल्टिँदा २० जना घाईते भएका छन् ।
सर्लाही सदरमुकाम मलङ्गवाबाट छुटेको ना ४ ख ७१९० नम्वरको बस शनिवार दिउँसो महोत्तरीको बर्दिवास नगरपालिका–५, स्थित टुटेश्वर मन्दिर जाने बाटो नजिकै पल्टिएको हो । दुर्घटनाका घाईतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी पोष्ट माइस्थान, महोत्तरीले जनाएको छ ।

गम्भीर घाईते हुनेहरूमा सर्लाहीको विष्णु गाउँपालिका–६, बस्ने ४० वर्षीया पिङ्की देवी, सोही ठाउँकी ८० वर्षीया अनुठिया मण्डल, सर्लाहीकै लक्ष्मीपुर–३, बस्ने १९ वर्षीय रामएकवाल राय, महोत्तरीको भरतपुर–९, बस्ने ३१ वर्षीय राजेश मुखिया र परिचय खुल्न नसकेको अन्दाजी ५० वर्षीया एक महिला रहनु भएको छ । परिचय खुल्न नसकेको महिलालाई अचेत अवस्थामा उद्दार गरी उपचारका लागि अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका अन्य १० जना घाईतेको अवस्था सामान्य रहेको घटनास्थलमा पुग्नु भएका ट्राफिक प्रहरी हवल्दार भोजराज देवकोटाले जानकारी दिनुभयो । दुर्घटनाका घाईतेहरुको बर्दिवासस्थित जनसेवा र शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनापछि बसका चालक र सहचालक फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्