सेल्फी खिच्ने क्रममा लडेर तमोरमा बेपत्ता

<span class='c1'>सेल्फी खिच्ने क्रममा</span> <span class='c2'>लडेर तमोरमा बेपत्ता</span>

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो ।

साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर दिउँसो करिव ३ बजे नदीमा बेपत्ता भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । ‘घटनाको जानकारी पाएपछि आफन्त र प्रहरीले उनको खोजी जारी राखेका छौ ।’ उनले भने ।

बेपत्ता कटुवालका वुवा गोरख कटुवालले धनकुटाको मदनचौकमा कञ्चनजंगा होटल सञ्चालन गर्दै आएका छन् । घटनाको जानकारी पाएपछि उनको खोजिका लागि आफन्तहरु तमोर नदीमा भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्