शशीधर पराजुली
विराटनगर, असोज १९ गते । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो ।
झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा राती निधन भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ