मादक पदार्थ सेवन गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ

मादक पदार्थ सेवन गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई प्रहरीले नयाँ बसपार्क, नागढुंगा, थानकोटलगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।

पक्राउ पर्नेमा रोशन विक, शिवराज गिरी, रितेश नेपाली, पुष्पराज वाग्ले, बाबुराम राय , पूर्ण राई, सकिल खान, जनक भण्डारी, राम बहादुर उप्रेती र  रामकृष्ण पाण्डे रहेका छन् । बसपार्कको चेकजाँचका क्रममा ना ८ ख ७२९८ को बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्