विराटनगरका मालाकार समुदाय आफ्नो परम्परा जोगाउदै, दशै लागेसँगै ‘झाप’ बनाउन व्यास्त

विराटनगरका मालाकार समुदाय आफ्नो परम्परा जोगाउदै, दशै लागेसँगै ‘झाप’ बनाउन व्यास्त

प्रेम देवान ।
विराटनगर,  १९ असोज । विराटनगर १३ नहर सिकीयाई दक्षिण बसोबास गर्ने मालाकार समुदाय यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । करिब आधा दर्जन घरपरिवारका सदस्यले झाप बनाउने काम गर्दै आएकाछन् ।


विशेष गरी नेपाली हिन्दुहरुको दशै लागेसँगै मालाकार समुदायहरु यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । प्राय दशै, छठ पर्व तथा पुजाआजा गर्दा प्रयोग गरिने झाप बनाउन यति बेला घरका सबै परिवार लागी पर्ने गर्दछन् ।
मधेशको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना खडा गरी, त्यसलाई सेतो कागजले–बेरेर त्यसमा स– सना कूचिबाट रंगिन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधीलाई ‘झाप’ भनिन्छ ।
सधारणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुदां यसलाई ‘झाप’ भनिएको हो ।
‘झाप’ मन्दिरमा रहेका देवी देवतामा चढाईन्छ । खास गरी दशैंको पुजा घरमा, कृष्ण जन्माष्टमी, सिरूवा, घडी पर्वमा बिशेष यसको प्रयोग गरिन्छ । आफूहरुले बाउबाजेको पालादेखी झाप बनाउदै आएको सन्तोस कुमार मालाकारले बताए ।
झापको चारै कुना र बाँकी भागहरूमा महिला तथा पुरूषहरूले बडो निष्ठाका साथ देवी देवता, चरा चुरूङ्गी र प्रकृतिका आकृति हातैबाट बनाएर रंगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्