होलीमा ट्राफिक उल्लंघन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २५४ सवारी साधान कारबाहीमा

<span class='c1'>होलीमा ट्राफिक उल्लंघन गर्ने मोरङमा १</span> <span class='c2'>एम्बुलेन्स सहित २५४ सवारी साधान कारबाहीमा</span>

विराटनगर । होलीमा ट्राफिक उल्लघंन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २ सय ५४ सवारी साधन कारबाहीमा परेका छन् । तराईको होलीका दिन आज शुक्रबार मोरङमा मापसे र ट्राफिक उल्लंघन गर्ने २ सय ५४ सवारी साधान र ६६ जना मानिस कारबाहीमा परेको मोरङ प्रहरीले जनाएको छ ।

होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट २ पाङग्रे २३६, ३ पाङग्रे १६, एम्बुलेन्स १ , सुुमो १ गरी २ सय ५४ वटा कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यलय मोरङले जनाएको छ । त्यसैगरी ५६ जना पुरुष र १० जना महिला रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी वेदराज पौडेलका अनुसार होली खेलेर रमाइलो गर्ने नाममा कानुनविपरीतका गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरी सचेत गराएर छाडिएको जोशीले जानकारी दिए ।


त्यस्तै, कोशी प्रदेश भरी नियम उल्लंघन गरेर चलाइएका १ हजार ९९ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाबाट ४ सय २७, सुनसरीबाट ३ सय ६६, मोरङबाट २ सय ६७ र उदयपुरबाट ३९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणका लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए । ती सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्