राष्ट्रपति र प्रधानमन्त्रीले कसलाई कतिबजे टीका लगाइ दिने ?

राष्ट्रपति र प्रधानमन्त्रीले कसलाई कतिबजे टीका लगाइ दिने ?

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपतिले आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन चाहने इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म अन्य व्यक्तिलाई टीका लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आज राष्ट्रपति भवन शीतलनिवासको गेट नं १ को टिका लगाउनेका लागि ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री टीका
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनुहुने भएको छ । प्रधानमन्त्रीकाका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार यस वर्षको बडादसैंका अवसरमा आज दिउँसो २ बजेदेखि ४ सम्म मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको छ । दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्