चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी

चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

सोमबार गृहजिल्ला झापाको दमकमा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लुटपाट गर्ने र बम पड्काउनेविरुद्ध सरकार झन् कठोररुपमा प्रस्तुत हुने बताए ।

गलत आचरण भएका साना–ठूला सबैले सजाय भोग्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्यका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

उनले विकास आयोजनामा भइरहेको प्रगतिका लामो फेहरिस्त पनि सुनाए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश विकासका लागि साझा सहमति र एकताको खाँचो औंल्याए । कार्यक्रम सकाएर प्रधानमन्त्री ओली सोमबारै काठमाडौं फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्