दशैको बेला यस्तो : जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या

दशैको बेला यस्तो :  जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या

धनुषामा जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या गरेकी छन् ।

धनुषाको औरही नगरपालिका वडा नम्बर १ झिटकैया बस्ने अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देउरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् ।

सोमबार साँझ घरायसी विवादका कारण जेठानी सुनौलले देउरानी सहानीको शरीरको विभिन्न ठाउँ गरि ५ ठाउँमा छुरा प्रहार गरेकी थिइन् ।

त्यसपछि जेठानी सुनौलले आफै आफ्नै पेटमा समेत छुरा प्रहार गरी घाइते भइन् । उपचारको क्रममा जनकपुर स्थित काव्या हस्पिटलमा उपचारको लागि ल्याउने क्रममा देउरानी सहानीको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

त्यस्तै आफ्नै छुरा पेटमा प्रहार गरी गम्भीर घाइते भएकी जेठानी सुनौलको उपचार जनकपुर अञ्चल अस्पतालको आईसियुमा भइरहेको उनले जनाए ।

मृतक सहानी सुनौलकी कान्छो देवर विवरण राईनकी श्रीमती हुन् । मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्