चीनका राष्टपति सी जिनपिङले दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने

चीनका राष्टपति सी जिनपिङले दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने

काठमाडौं, असोज २२ गते । चीनका राष्टपति सी जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्णामा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नु हुने र राष्ट्रपति भण्डारीले चिनियाँ पाहुनाको सम्मानमा रात्री भोजको आयोजना गर्नु हुने छ ।
राष्ट्रपति सीको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय औपचारिक वार्ता गर्ने तथा दुबै नेताको उपस्थितिमा दुई देशबीच केही द्वीपक्षीय सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षर हुने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै उहाँको काठमाडौं बसाइका क्रममा नेपालका वरिष्ठ नेताहरूले उहाँसँग भेट गर्नु हुने कार्यक्रम रहेको छ ।

यसैबीच भारतीय विदेशमन्त्रालयले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीले भारतको चेन्याइमा हुने दोस्रो अनौपचारिक सम्मेलनमा भागलिन शुक्रबार भारत भ्रमणमा आउन लाग्नु भएको जनाएको छ । सी भारतबाट शनिबार नै नेपाल आउनु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्